#
|
|
अर्वाड जितेका बुलफाइटर मुटु थामेर बसेका सयौं दर्शक माझ खेलकै क्रममा सिंग गोपिएर मारिएका छन्। स्पेशमा वर्षेनी हुने बुल फाइट, टिभीमा लाइभ टेलिकास्ट भइरहेको क्रममा २९ वर्षिय भिक्टर बारियोको मृत्यु भएको हो।

बुल फाइट पूर्वी स्पेनसको अरागन स्थित टेरवेल शहरमा भएको थियो। भिक्टरकी पत्नी राक्वेल सान्ज पनि सोही ठाउँमा दर्शक माझ थिइन।

भिक्टरलाई अचेत अवस्थामा अस्पताल पुर्याइएको भएपनि डाक्टरले केही गर्न नसक्ने बताएका थिए। उनी स्पेनमा पछिल्लो ३० वर्षमा मर्ने पहिलो बुल फाइटर हुन।

बुल रन फेस्टिभलमा एकको मृत्यु
भिक्टरको मृत्युको खबर आएकै दिन वर्षेनी हुने बुल रन फेस्टिभवलमा दक्षिणी स्पनेमा पनि एक स्पेनिशले ज्यान गुमाएका छन्। बुल दौडाएर खेलिने खेलमा २८ वर्षिय युवकको छाती र पेटमा सिंग गोपिएपछि मृत्यु भएको हो।
Comments[ 0 ]
Post a Comment