#
|
|

शनिबार बिहान प्रचण्डसामु माओवादीका दुई वरिष्ठ नेताबीच बाझाबाझ भएको छ।
यो सरकार ढाल्न सक्रिययापूर्वक लागिपरेका जनार्दन शर्मा प्रभाकरले द्वन्दकालमा पार्टीबाट कब्जा गरिएका जग्गा-जमिनको स्वामित्वसन्बन्धी विवाद आफ्नो हितमा हुनेगरी टुंगो लगाउन केपी ओली तयार नभए आज-अहिले नै सरकार छोड्नुपर्छ भन्नासाथ नारायणकाजी श्रेष्ठले प्रतिवाद गरे, ‘अहिले हामी बजेटकै चरणमा छौँ। सहिद, बेपत्ता परिवारलाई राहतलगायत बुँदा पास गर्न नमाने एउटा कुरा तर विषयान्तर गरेर जग्गाको किचलोतर्फ लाग्न थालियो भने सरकार छाड्नको निम्ति निहुँ खोजेजस्तो मात्र हुन जान्छ।
’ उनले ‘कि बजेट पास नगरी सिधै सरकार ढाल्ने नीति लिनुपर्यो, होइन भने बांगा कुरा गर्नुभएन। राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थिति बुझ्नु छैन।’ भन्न नभ्याउँदै मलाई सिकाउने तपाई को? भन्दै जनार्दन उफ्रिएका थिए। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
Comments[ 0 ]
Post a Comment