#
|
|

२४ असार, काठमाडौं ।
पार्टीले तत्काल सरकार परिवर्तन निर्णय नगर्दा नेकपा माओवादी केन्द्रका तीन नेता निकै तनाबमा परेका छन् । सरकार ढालेर नयाँ सरकार गठनको लागि प्रमुख प्रतिपक्ष दल कांग्रेससँग छलफललाई बाक्लै बनाए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तन गर्ने संकेत गरेका छैनन् । सरकार परिवर्तनको हल्ला चलाउने र सरकार परिवर्तन नगर्दा प्रहरीले समेत पत्याउन छोडेको स्वयंम गृह मन्त्री शक्ति वस्नेतले बताएका छन् ।
अघिल्लो पटक सरकार परिवर्तनको कोर्ष अगाडि बढाउने कृष्णबहादुर महरा, बर्षमान पुन र जनार्दन शर्मा अहिले पुनः सरकार ढाल्ने दोस्रो दौडमा रातदिन लागेका छन् । पार्टीको पोलिटब्युरो बैठकमा पनि तत्काल सरकार ढाल्न नहुने पक्षमा मत देखिएपछि तीन नेता निकै तनाबमा परेका छन् । महरा पुन र शर्माले प्रचण्डलाई सरकार ढाल्न निरन्तर रुपमा दबाब दिइरहेका छन् । सरकार ढाल्नको लागि नौ बुँदे सहमतिलाई आधार बनाइएको छ । तीन बुँदे भद्र सहमतिलाई अगाडि ल्याएको छ ।
सरकार परिवर्तन गर्ने कि नगर्ने भनेर नेताहरुसँग सुझाव लिएपनि प्रचण्डले कुनै निर्णय गरेका छैनन् । अघिल्लो पटक कच्चा खेल खेलेको भन्दै सर्वत्र आलोचना भएपछि यस पटक सरकार परिवर्तन गर्ने सम्पूर्ण जिम्मेवारी आफैले लिएर बसेका छन् । प्रचण्डले नचाहदासम्म सरकार ढल्ने देखिदैन ।
राष्ट्रिय सहमतिको नारा दिएपनि तत्काल सहमतिको सरकार गठन हुने वातावरण नरहेकाले दुवै दल बाहिर सहमति भन्दै यही सरकारलाई निरन्तरता दिन सहमत भएको बताइएको छ । सहमतिको सरकार गठन गर्नको लागि माओवादीले ढोका खुल्ला गरेको छ ।
सहमति निर्माणको लागि एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, र माओवादीका अध्यक्ष प्रचण्डबीच विहिवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको थियो ।
माओवादीका तीन नेताले सरकार नढल्दासम्म प्रचण्डलाई निरन्तर दबाब दिई रहने तयारी गरेका छन् । सरकार ढाल्न संकेत नदेखेपछि सरकार ढाल्नु पर्ने पक्षधर नेताहरुले छुट्टै छलफल गरेर प्रचण्डमाथि दबाब दिइरहने नीति लिएको छलफलमा सहभागी एक नेताले बताए ।
Comments[ 0 ]
Post a Comment