#
|
|

काठमाडौं, १४ साउन । पछिल्लो समयमा दिल्लीद्वारा नेपालमा नयाँ एजेन्ट नियुक्त गरेको दावी गरिएको छ । भारतीय विशेष उच्च स्रोतले दिएको जानकारी अनुसार मुख्य एजेन्टमा प्रचण्ड, सहायकमा कृष्णबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ नियुक्त भएका छन् । एक समय इमानदारीपूर्वक भूमिका खेलेका प्रचण्डले जनयुद्धको पछिल्लो समयमा खेलेको शंकास्पद भूमिका अहिले निकै चर्चामा रहेको छ । प्रचण्डले नेपाल र नेपाली जनताका विरुद्ध भारती विस्तारवादसित गोप्य पत्राचार गरे । प्रचण्डले लामो समय भारतमै आश्रय लिए । उनले जनयुद्धको अधिकांश समय भारतमै बिताए ।
प्रचण्डले आफू भारतमै रहेको बेला मोहन वैद्य र सीपी गजुरेललाई गिरफ्तार गराए । मदन भण्डारीको ड्राइभर अमर लामाको रहस्यमय हत्या पनि निकै मननीय रहेका छन् । भारतीय दलाल भन्दै बाबुरामसित अन्तरविरोध चर्काएका प्रचण्डले सबैभन्दा बढी आफैंले भारतको दलाली गरे । अहिले भारतका लागि विशेष काम गर्ने मानिस पूर्व एजेन्ट सूर्यबहादुर थापाको मृत्यु भइसकेको छ । भारतले सूर्यबहादुर थापालालाई राखेको ट्रायक २ भित्र राखेर परिचालन गरेको थियो । अहिले प्रचण्डलाई सोही स्थानमा मुख्य एजेन्ट बनाएर समावेश गरिएको भारतीय स्रोतको दावी रहेको छ ।
भारतले नेपालमा रहेका आफ्ना एजेन्टलाई ३ वटा ट्रायकमा परिचालन गर्ने गरेको छ । ट्रयाक १ – राष्ट्रपति, प्रधानमन्त्रीसित सिधा सिधा डिल हुने गर्दछ । ट्रयाक २ – भूपू प्रधानमन्त्री, मन्त्री, जर्नेल, आईजीपी, सचिववहरूको गोप्य समूह रहेका हुन्छन् । ट्रयाक ३ – सहसचिव, राजदूत औपचारिक च्यानल आदि पर्दछन् ।
पञ्चायतकालमा भारतले नियुक्त गरेको सूर्यबहादुर थापाको अहिले निधन भइसकेकोले यसको भ्याकुमलाई पूरा गर्न प्रचण्डको समूहलाई नियुक्त गरिएको बताइन्छ ।
दोस्रो पटक प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई पहिलो अन्र्वार्ता दिनुले पनि यो कुरा को पुष्टि गर्दछ । यस्तो खालको सनसनीपूर्ण खबर भारतीय पत्रपत्रिकाहरुले निरन्तर प्रकाशित गरिरहेका छन् । भारतीय मिडियाले लगातार प्रचण्ड आफ्नो मानिस भनेर प्रचार गरिरहनुको अर्थ के हो ? नेपालमा प्रचण्ड भारतीय एजेन्ट अर्थात् दलाल हुन् भन्ने कुरा स्थापित भइसकेकै छ ।
Comments[ 0 ]
Post a Comment