#
|
|
राजविराज, २७ असार । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ ।
मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् ।
चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए ।
मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् ।
Comments[ 0 ]
Post a Comment