#
|
|
राजनीतिमा जालझेल षडयन्त्र तिकडम खुराफाती अनिवार्य शर्त मानिन्छ । राजनीतिको मुल्य र मान्यता आर्दश र नैतिकवान छ । समाज रुपान्तरण र देशको समृद्धि राजनीतिसँग जोडिएको छ । राजनीतिले नै सबै नीति चलाउँछ । राजनीतिको सामान्य मुल्य र मान्यतालाई धोती लगाउदै अहिले राजनीतिक विकृति र विसङगतीको दङदङगी गनाउने काराखानाको रुपमा परिणत हुँदै गएको छ ।
समाज रुपान्तरणको लागि हुनुपर्ने राजनीतिक दिनप्रतिदिन लाज नीतिमा बदलिदै गएको छ । राजनीति जब लोभी पापीहरुको चंङगुलको घराभित्र पर्छ तब त्यहाँकाट आशा गर्ने धेरै ढोका बन्द हुन्छ । जबसम्म राजनीति जनताको दैनिक जीवनसँग जोडिदैन तबसम्म राजनीति खसीको टाउको देखाएर कुकुरको मासु बस्ने पसल जस्तै हो । जनताको वलिदानले देशमा ठूलठूला परिवर्तन सम्भव भए ।
धेरैलाई यही परिवर्तनले सडकपतिबाट करोडपति बनायो । हिजो परिवर्तनको पक्षमा नारा लगाउदै ज्यानको बाजी राख्नेहरु भोकै नाङ्गै हिडन बाँध्य छन् । परिवर्तन त भयो केबल सीमित व्यक्तिहरुलाई मोजमस्ती गर्न र अघिपछि झण्डा हल्लाउदै जनताको अगाडि सान देखाउनको लागि मात्र । राजनीतिमा षडयन्त्र धाक धम्की घुर्ती तमासा छलछाप अनेक तिकडम हुने गर्छन । जब राजनीतिमा नैतिक मुल्य मान्यता पाखा लाग्छन । तब यस्तै तमासा देख्न पाइन्छ । सत्ताको स्वार्थमा लिप्त भएकाहरु कुर्सी ढाल्ने र ठडयाउने ध्याउन्नमा लाग्छन तबसम्म देश विकासको गफ बेकार हुन्छ ।
झण्डै ६५ बर्षपछि देशमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भयो । संविधान जारी भएको नौ महिना वितिसक्दा पनि राजनीतिक स्थायित्व नभई पुनः अस्थिरताको खेती मौलाएको छ । संविधान कार्यान्वयनलाई थाती राखेर सत्ताका प्रमख टिम क्याप्टेनहरु पुन सत्ता ढाल्ने र ठडयाउने खेलमा तछाडमछाड गरिरहेका छन् ।
सेन्टरबाटै गोल गर्न देउवा फकाउदै ओली
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली संसदीय अभ्यासमा पाका खेलाडी मानिन्छन । संसदीय अभ्यास राम्रोसँग बुझेका ओलीले अहिले माओवादीको साथ र समर्थन लिएर माओवादीलाई नै खिसिट्युरी गरिरहेका छन् ।
पटक–पटक माओवादीले सरकार छोडने धम्की दिएर हैरान भएका ओलीले नयाँ कार्ड फ्याकेका छन । ओलीले सरकार ढल्ने अवस्था आए समर्थन माओवादीलाई होइन कांग्रेसलाई दिने कार्डले प्रचण्डको दोस्रो गेम सुरुमै झुर भएको छ । माओवादीसँग नौ बुँदे सहमति गर्ने बेलामा भएको भनिएको तीन बुँदे सहमति कार्यान्वयन नगरको भन्दै माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित भएका छन् ।
माओवादीको गनगन र घुर्कीलाई बुझो लगाउन ओलीले सरकार परिवर्तन गर्ने आँट गरे कांग्रेसलाई नै समर्थन गरेर सरकार बनाएर देखाइदिने चेतावनी दिएपछि प्रचण्ड तै चुप मै चुपको अवस्थामा पुगेका छन् । यो कार्डले पुनः ओलीले कर्नरबाट होइन सिधै सेन्टरबाटै गोल गर्ने तयारी गरेका छन् । सेन्टरको गोल घातक हुने भएकाले प्रचण्डले जारी खेलको केही मोडालिडी परिवर्तनको तयारीमा जुटेका छन् । खेलमा आफ्नै टिमबाट भन्दा पनि सहमति गराउन सकेको अवस्थामा विपक्षी टिम क्याप्टेनको सहयोग पनि कहिलेकाही निर्णायक हुने गर्छ ।
सरकार फर्ने प्रचण्डको बोली,नफेर्न धम्की दिदै ओली
प्रचण्डले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन नभएपछि ओली नेतृत्वको सरकारमा बस्ने नैतिक आधार समाप्त भएको घोषणा पार्टीको पोलिटब्युरो बैठकमा गरिसकेको छन् । सरकारमा बसेर माओवादीको अस्थित्व नै समाप्त पार्ने खेलमा एमाले लागेको हुँदा तत्काल सरकार परिवर्तन गर्नुपर्ने दबाब प्रचण्डमाथि मााओवादीका नेताहरुले निरन्तर रुपमा दिइरहेका छन् ।
तर माओवादीले के गर्ला भन्ने चिन्ता र चासो सत्तारुढ एमालेलाई र प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई उत्तिकै छ । माओवादीले समर्थन फिर्ता लिदा ओली पुनः वालकोट नै फर्कनु पर्ने अवस्था छ भने त्यसपछिको खेल झन अन्यौलपूर्ण अवस्थामा रहेको छ । सरकार छोडेर सिधै मैदानमा जादा भुइँको टिप्न खोज्दा खल्तीको पनि पोखिने हो कि भन्ने त्रास प्रचण्डलाई पनि रहेको छ । सरकार परिवर्तन गर्ने मनस्थितिमा रहेका प्रचण्डले पार्टीले गरेको निर्णय जानकारी गराइसकेका छन् ।
सकेसम्म माओवादीले यही गठबन्धनलाई निरन्तता दिनको लागि ओलीले नेतृत्व हस्तान्तरण गर्नु पर्नेमा बढी जोड दिएको छ । तर ओली यो प्रस्ताव स्वीकार गर्न तयार छैनन् । प्रचण्डको सधैको घुर्की र धम्कीपछि प्रचण्डलाई नै अपठयारो र पाखा लगाउने योजना सहित ओली खुलेर लागेपछि प्रचण्ड दोमनमा परेका छन् । कथमकदाचित सरकार छोडे ओलीले आफ्नो पहिलो समर्थन काग्रेसलाई हुने चेतावनी प्रचण्डलाई दिइसकेका छन् । ओलीको यस्तो निर्णयले प्रचण्डको लागि सरकार अपठ्यारोमा फलेको फर्सीजस्तै भएको छ । झर्दा पनि नझर्ने टिप्न पनि नसकिने ।
ओलीको दुई दाउः झरे आँप नत्र छटारो
ओलीको यो अस्त्र अन्तिम हो । माओवादीलाई मनाउने र यही सरकारमा राख्ने ओलीको पहिलो दाउ हो । कांग्रेसलाई समर्थन गर्ने भन्दा माओवादी जोकर फाल्तो हुने त्रासले पनि यही सरकारलाई समर्थन गरि हाल्छ भन्ने झिनो आशा ओलीलाई छ । माओवादीलाई अब मनाउने र बुझाउने अर्को उपाय ओलीसँग छैन ।
किनकी सरकारको नेतृत्व दिन्छु भनेर ओलीले प्रचण्डलाई फकाएर झुक्याउन सफल भइसकेका छन् । जनीतिमा यो भन्दा चार्तुयता अरु के हुन सक्छ ? यस पटक प्रचण्ड ओलीको भावनासँग सहजै कन्भिन्स हुने अवस्था छैन् । त्यसैले अन्तिम अस्त्रको रुपमा कांग्रेसलाई देखाएर सरकार टिकाउने खेलमा लागेका छन् ।
देउवाले एक पटक धोका पाइसकेकाले यस पटक प्रचण्डलाई राजिनामा दिएर मैलानमा आएपछि मात्र खेल अगाडि बढ्ने शर्त अगाडि सारेका छन् । सरकार ढाल्ने गृह कार्य हुँदै गर्दा ओलीले देउवालाई निकै चलाखीपूर्ण ढंगले बोलाएर यदी सरकार नै ढल्ने अवस्था आए त्यति बेला पहिला आफूले कांग्रेसलाई समर्थन गर्ने बाचा गरेका छन् ।
ओलीले यस अघि पनि कांग्रेस नेतृत्वको सरकार गठनमा आफू नै समर्थक भएकाले यस पटक पनि कांग्रेस नेतृत्वको सरकार स्वीकार गर्दा समस्या नहुने भनेर फकाउने कोशिस गरिसकेका छन् । सरकार ढाल्नको लागि तयार भएका प्रचण्ड ओलीको धम्कीबाट पछि हटला या नहटला ? यता देउवा ओलीको प्लानमा फस्लान कि नफस्लान ?भन्ने विषयभित्र नै ओली सरकारको भविष्य जोडिएको छ । दुवै नभए ओलीले आए आँप नभए झटारोको रुपमा लिने सोच बनाएका छन् ।
Comments[ 0 ]
Post a Comment