#
|
|

प्रधानमन्त्री केपी ओलीले एउटा कुनाको घुम्तीमा ढुकेर आफूमाथि आक्रमण भएको बताएका छन् । सरकारले नीति तथा कार्यक्रम ल्याउन तीन बाँकी हुँदा आफू माथि सुरु भएको आक्रमण असार २७ मा ढुकेर पुनः आक्रमण भएको बताएका हुन् ।
‘म नाटक गर्ने मान्छे होइन म राजनीतिक गर्ने मान्छु हो, अब सहमतिको सरकारको सम्भावना छैन, प्रचण्डजीले कर्मकाण्ड पूरा गर्नु भएको छ’, उनले भने,‘कांग्रेसले सहमतिको बाटो छेक्यो,संवैधानिक अन्यौलता थियो, बाधा अडकाउ फुकाउ गरेर नयाँ सरकार गठनको लागि बाटो खोलेको छु ।’
प्रधानमन्त्रीबाट राजीनामा दिएपनि आफ्नो कर्तव्यबाट राजीनामा नदिएको बताउदै प्रधानमन्त्री ओलीले पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताए । नेपाल टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री भइरहेको भए पाँच बर्षमा रेल निर्माण भएर गुड्ने बताए ।
Comments[ 0 ]
Post a Comment