#
|
|

काठमाडौं, २८ असार । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीको अगाडि दुई विकल्प रहनेछ । पहिलो राजीनामा दिने र दोस्रो संसदबाट विश्वासको मत प्राप्त गर्ने ।
एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने बारे पार्टीले निर्णय लिएको छैन । पार्टी नेता शंकर पोखरेलले भने, ‘कसरी अघि बढ्ने भन्नेबारे अझै छलफल हुन् बाँकी छ । तर, संसदबाट नै यसलाई फेस गर्ने तर्फ जान्छ होला।’ अब सरकार निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारे संवैधानिक जटिलताहरू छन् ।
प्रधानमन्त्रीको प्रेस सल्लाहाकार प्रमोद दाहालले भने,‘ प्रधानमन्त्रीलाई संसदले निर्वा्चित गरेको हो। र उहाँलाई हटाउन पनि संसदले मात्र सक्छ। प्रधानमन्त्रीले तत्काल राजीनामा दिने होइन संसद फेस गर्नुहुन्छ।’
Comments[ 0 ]
Post a Comment