#
|
|

काठमाडौँ, २९ असार । व्यवस्थापिका–संसद् सचिवालयमा सरकारको विरोधमा आज दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद् नियमावलीअनुसार एक साता लाग्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सो जानकारी दिए ।
उनले नियमावलीको नियम १६० को प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजबिजीमा सो प्रस्तावलाई एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउन सकिने बताए ।
सो नियम सभामुखले निलम्बन गरेमा एकसाता नपुग्दै पनि प्रस्तावमा छलफल अघि बढ्न सक्नेछ । अविश्वास प्रस्ताव पारित भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
व्यवस्थापिका–संसद् बैठक आज बिहान ११ बजेका लागि तोकिएकोमा पछि ३ बजेसम्मको लागि स्थगित भएको थियो । व्यवस्थापिका–संसद बैठक केहीबेरमा सुरु हुँदैछ । आजको कार्यसूचीमा अविश्वासको प्रस्तावको कार्यसूची छैन ।
Comments[ 0 ]
Post a Comment