#
|
|

असार, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्रीलाई संविधानविरोधी अभिव्यक्ति दिने छुट नभएको बताएका छन् ।
प्रधानमन्त्रीले संघीयताविरुद्ध अभिव्यक्ति दिएपछि नेता अनन्तले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्ने निकायको नेतृत्व गरिरहनुभएको छ । उहाँले संघीयता मुलुकले धान्न नसक्नेजस्ता अभिव्यक्ति दिनुभएको हो भने त्यो उहाँको गैरजिम्मेवार अभिव्यक्ति हो । संविधानविरोधी हो, असंवैधानिक अभिव्यक्ति हो ।
उहाँले संविधानविरोधी अभिव्यक्ति दिन पाउनुहुन्न । हामी संघीयता धान्न र चलाउन सक्छौँ । जनतालाई शासनमा सहभागिता गराउने, पहुँचमा सहभागिता गराउने उद्देश्यले हामीले संविधानमा संघीयतालाई सुनिश्चित गरेका हौँ ।
यदि प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनुभएको हो भने त्यसले १० वर्षको जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलनको अपमान गरेको छ । यस्तो गैरजिम्मेवार र संविधानविरोधी अभिव्यक्ति दिने छुट प्रधानमन्त्रीलाई हुँदैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments[ 0 ]
Post a Comment