#
|
|

छिमेका चीन र पाकिस्तानको आक्रामक गतिविधीसंग चिन्तित बनेको भारतले आफ्नो सामरिक क्षमता बढाउन विशेष पहल शुरु गरेको छ।
भारत वायु सेनामा छिट्टै सुपर सुखोइ नामक विध्वंशक लडाकु विमान सामेल गर्ने तयारीमा छ। यसका लागि भारतले रसियासंग विशेष सम्झौता गर्दैछ। भारतले रसियासंग मिलेर १२७ वटा लडाकु विमानको निर्माण गर्नेछ।
यसका साथै भारतले आफूसंग भएका सुखोइ-३० एमकेआईलाई पनि सुपर सुखोईमा बदल्नेछ।
यसका साथै भारतले फ्रान्ससंग तीब्रगतिमा गोलावारी गर्न सक्ने ३६ वटा राफल लडाकु विमान किन्ने सम्झौता गर्दैछ। ७.८ बिलियन युरो बराबारको यो सम्झौतापछि भारतले आफ्नो वायु सैन्य क्षमतामा ठुलो वृद्धि हुने ठानेको छ।
हाल भारतसंग ३३ वटा लडाकु विमान छन् तीमध्य ११ वटा निकै पुराना भइसकेका छन्। मिग-२१ र मिग-२७ अब काम रिटायर उन्मुख छन्।
टाइम्स अफ ईण्डियाका अनुसार चीन र पाकिस्तानलाई जवाफ दिन भारतलाई कम्तिमा ४२ वटा लडाकु विमान चाहिन्छ। भारतले आकाशमा आफ्नो क्षमता बढाउन निरन्तर प्रयासमा गर्दैछ। तेजस नामक लडाकु विमान भारतमै निर्माण गरेपछी पछी भारतले अमेरिकन एफए-१८, एफए-१६ र स्वीडीश ग्रिपन भारतमै बनाउने तयारी पनि गर्दैछ।
रसियासंग भारतको सन २००७ मै लडाक विमानको शुरुवाती डिजाइनको लागि भन्दै २९५ मिलियन डलरको सम्झौता भएको थियो जसलाई पछि सन २०१० सम्म पुर्याइएको थियो। यस्तो डिल भएको ६ वर्षपछी भारत र रसियाले प्रोटोटाइप विकास, टेस्टिङ र पुर्वाधार बनाउन करिब ४ बिलियन डलरको सम्झौता गर्नेछन्। यसरी उत्पादन हुने लडाकु विमान एकल सिट भएको हुनेछ भने १२७ विमान बनाउन करिब २५ बिलियन डलर लाग्नेछ।
Comments[ 0 ]
Post a Comment