#
|
|

काठमाडौं ,१४ साउन। विहिबार सप्तरीको तिलाठी सिमाको दशगजामा नेपालीहरुले जवर्जस्ती बाँध निर्माण गर्ने भारतीय प्रयास रोक्न लाठी लडाइँ गरेपछि मधेशीहरुको राष्ट्रवादी भावनामाथि नयाँ बहस शुरु भएको छ ।
भारतीय पक्षले नेपालीभूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठीको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएका छन् । निरन्तरको भिडन्तपछि नेपालीहरु बाँध भत्काउन सफल भएका हुन् ।
सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बीहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा बुधबार र विहीबार नेपालीहरु लाठी लिएर निस्किएका थिए ।
उक्त क्षेत्रमा भारतीय र नेपालीबीच भिडन्त समेत भएको थियो । भिडन्तमा दर्जनौं नेपाली घाइते भएका छन् । यो बहसमा विवादास्पद मधेशी अभियान्ता सीके राउत पनि थपिएका छन् । सीके राउतले ट्वीटरबाट मधेशीहरु ‘बहादुर’ नभएर ‘बीर’ भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘हामी बहादुर’ होइनौं, हामी वीर मधेशी हौं। ‘तिमीभन्दा हामी पो नेपालको बढी वफादार गुलाम’ भनेर सप्तरी तिलाठीमा प्रतिस्पर्धा भएको होइन।’ हामी बहादुर होइनौं, हामी वीर मधेशी हौं। तिमीभन्दा हामी पो नेपालको बढी वफादार गुलामु भनेर सप्तरी तिलाठीमा प्रतिस्पर्धा भएको होइन।
भारतमा नेपालीहरुलाई होच्याएर ‘बहादुर’ भन्ने गरिएपनि विश्वभर नेपालीलाई ‘बीर गोर्खाली’ भनेर चिन्ने गरिन्छ । सीके राउतले मधेशीहरु ‘नेपालको गुलाम र चौकीदार’ नभएको भन्दै लेखेको फेसबुक नोट भने हटाएका छन् । तिलाठी घटनापछि अधिकाँशले सीमा सुरक्षा गर्न जाने मधेशी नेपालीहरुको प्रशंसा गर्दै सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेको देखिन्छ ।
Comments[ 0 ]
Post a Comment