#
|
|

काठमाडौ, २६ असार । देशको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिकरुपले मात्रै होइन, सुरक्षाको हिसाबले समेत बद्नाम हुँदैगएको छ । विमानस्थलमका दिनहूँ जस्तो तस्करीका नयाँ –नयाँ घटना फेला पर्नु सामान्य हुन थालेको छ ।
त्यस्ता तस्करीका घटनामा विमानस्थलकै कर्मचारीहरु संलग्न भएको पाईएको छ । विमानस्थलकै कर्मचारीहरु तस्करीका घटनामा संलग्न भएको भेटिए पनि त्यसलाई विमानस्थलका अधिकारीहरुले गम्भीररुपमा लिइएको पाइएको छैन् । विमानस्थलको अव्यवस्थापनलाई व्यवस्थित गर्न विमानस्थलका अधिकारीहरुले रुचि नदेखाउनुमा उनीहरुको समेत संलग्नतामा विमानस्थलमा अवैध क्रियाकलापहरु हुँदै आउने गरेको स्रोतको दावी छ ।
स्रोतका अनुसार विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, ठेकेदार सुवास श्रेष्ठ र विभिन्त्र एयरलाइन्सका मालिकहरुको मिलोमतोमा विमानस्थलबाट तस्करी मौलाउँदै आएको छ । एकातिर तस्करहरुको विमानस्थल स्वर्गद्धार बन्दै गएको छ भने अर्कोतिर विमानस्थलको भौतिक संरचना अवव्यवस्थापनको नमुनानै बन्न पुगेको छ ।
विमानस्थलको सुरक्षा र भौतिक संरचनाको जिम्मा विमानस्थलका अधिकारीहरुले ठेकेदारको हातमा दिदै आएका कारण विमानस्थल पछिल्लो समय अवैध क्रियाकलापको अखडानै बन्न पुगेको छ । खासगरी विमानस्थल सुरक्षाशाखासंग सम्बद्ध रहेका विमानस्थलका कर्मचारीहरुले मिलोमतोमा विभिन्त्र एयरलाइन्सका मालिकहरु, होटल व्यवसायसंग सम्बद्ध व्यक्तिहरुलाई पास वितरण गर्दै आएका कारण विमानस्थलको अति सम्बेदनशील ठाउँमा समेत जो कोही सजिलैसंग पुग्ने गरेका छन् ।
विमानस्थलका अधिकारीसंगको मिलोमतोमा तस्करहरुले एयरर्पोटलाई आफ्नो प्रमुख नाका बनाएका छन् । जो कोहीलाई पनि सजिलै विमानस्थलको पास उपलब्ध गराउँदै आएका कारण विमानस्थलमा कार्यरत कर्मचारीहरुबाटै तस्करी हुँदै आएको पाइएको हो । विमानस्थलका अधिकारीहरुले ठेकेदारहरुलाई मनोमानी गर्न छुट् दिदै आएका छन ।
ठेकेदारहरुको जिम्मामा विमानस्थलको सुरक्षा व्यवस्था छोडिदिएका कारण पनि विमानस्थल पछिल्लो समय बढी असुरक्षित मात्रै होइन, तस्करहरुका लागि सुवर्णद्धार बन्न पुगेको हो । केही दिन अघि नेपाल एयरलाइन्सका कर्मचारी डलर तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्, भने त्यसको चारदिन अघि मात्रै विमानस्थलकै अर्का कर्मचारी भरत सञ्जेललाई पनि प्रहरीले डलर तस्करी गरिरहेको अवस्थामा उनलाई प्रहरीले आठ हजार डलर सहित पक्राउ गरेको थियो ।
एक साताबीचमा तस्करी गरिरहेकै अवस्थामा दुई जना विमानस्थलमा कार्यरत कर्मचारीहरु पक्राउ पर्नु ले पनि विमानस्थलमा हिजो आज हुँदै आउने गरेको तस्करीको तस्विरलाई उदाङ पारिदिएको छ । विमानस्थलका कर्मचारीहरुबाट तस्करीहरुमात्रै होइन, यात्रूहरुका लगेज चोरीमा समेत विमानस्थलमा कार्यरत कर्मचारीहरुकै हात रहने गरेको खुल्न आएको छ । नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्ट चार हजार चार सय ५० अमेरिकन डलर सहित पक्राउ परेका थिए ।
त्यसको चारदिन अघि डलर तस्करी गरिरहेकै अवस्थामा सञ्जेल आठ हजार डलर सहित पक्राउ परेका थिए । एक पछि अर्को विमानस्थलका कर्मचारीहरु डलर तस्करीमा पक्राउ पर्नुले विमानस्थलमा संगठितरुपमा नै कर्मचारीहरुबाट तस्करी हुँदै आएको देखिन थालेको छ । त्यतिमात्रै होइन, विमानस्थलका अधिकारीहरुको कमिसन मोहका कारण पासको दुरुप्रयोग हुँदै आएका कारण पनि विमानस्थल असुरक्षित बन्न पुगेको हो ।
करिब एक महिना अघि त्यहाँ कार्यरत कर्मचारीहरुले नै यात्रुको लगेजबाट मोवाइल चोरका थिए । त्यतिमात्रै होइन, स्रिमिक एयरलाइन्सको गल्तीका कारण एक साता अघि तीन जना नक्कली बोर्डिङ पास लिएर हेलिकप्टरको प्याड सम्म पुगेका थिए । विमानस्थलका अधिकारीहरुको लापरर्वाही र कमिसन मोहका कारण दिनहूँ विमानस्थलमा तस्करीका नयाँ –रुप र शैलीका घटनाहरु घट्दा पनि सम्बन्धीत निकाय भने किन मौन छ, बुझन सकिराखेको छैन् ।
Comments[ 0 ]
Post a Comment