#
|
|

आफू विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामापछि हिमाली गणतन्त्र नेपाल अर्को एक नेतृत्व परिवर्तनबाट गुज्रिँदैछ । वास्तवमा आगामी प्रधानमन्त्री नेपालको इतिहासमा २६ वर्षको अवधिमा २४ औं प्रधानमन्त्री हुनेछन् । यो हेर्दा नेपाली नेतृत्व प्रधानमन्त्रीको कुर्सीका लागि म्युजिकल चेयर खेलेको अनुभुत हुन्छ ।
नेताहरु मुख्य विषयमा सहमति जुटाउन असक्षम हुँदा संविधान जारी गर्ने समयसीमा पनि पटक पटक सार्नु पर्यो । जव दलहरुले हतार हतारमा यो काम गर्ने निर्णय गरे उनीहरुले मधेशीहरुले आफू नसमेटिएको महसुस गर्ने संविधान जारी हुन पुग्यो । त्यसपछि उनीहरुले राज्यका निकायमा उचित प्रतिनिधित्व हुनु पर्ने र प्रस्तावित संघीय संरचनामा पुनर्विचार गर्न माग गर्दै आन्दोलन थाले ।
समस्याहरुलाई संवेदनशील बनेर समाधान गर्नुको साटो काठमाडौका नेताहरुले भारतलाई दोष लगाउने मार्ग रोजे । विगत ९ महिनाको समयमा ५ महिने नाकाबन्दी सहित मधेश आन्दोलनका लागि समेत भारतलाई दोष लगाउने रणनीतिको मुख्य नेतृत्वकर्ता केपी ओली थिए । मधेश मुद्धा समाधानमा उदासिनता र सत्ता साझेदार माओवादीका गम्भिर सरोकार सम्बोधन गर्ने ओलीको अनिच्छाले नै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आयो ।
नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री बन्ने देखिन्छ । आगामी नेतृत्वले मुख्यतः तीन कुरामा केन्द्रित हुनु पर्छ ।
पहिलो कुरा, मधेशीहरुको गुनासो सुनेर सम्बोधन गरिनु पर्छ त्यसका लागि संबैधानिक प्रावधान पनि आवश्यक पर्छ । दोश्रो कुरा, भूकम्पपछिको पुनः निर्माण र पुनर्स्थापनका रोकिएका कामलाई तत्काल अघि बढाउनु पर्छ । र तेश्रो कुरा चाहिँ ओलीको कार्यकालमा भारतसँग विग्रिएको सम्बन्ध सुधार गर्नु पर्छ । भारतले चाँहि नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेप हुन्छ भन्ने नेपाली भावना हटाउन नेपाल सरकारलाई निशर्त सहयोग गर्नु पर्छ ।
Comments[ 0 ]
Post a Comment