#
|
|

नेकपा माओवादी (केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएपछि नेपालको राजनीतिक माहौल तातेको छ। सबैको प्रश्न अब के हुन्छ? ओलीले के गर्छन्? नयाँ सरकार बने नेतृत्व कसको हातमा जाला आदिमा केन्द्रित छ।
विषम परिस्थितमा सरकारको बागडोर सम्हालेका ओलीले भारतको नाकाबन्दीसंगै उर्जा संकट, कालोबजारी भोगे। ओली सरकारले भारत र चीनको भ्रमण गर्यो। चीनबाट इन्धन भित्र्यायो। मधेशी गठबन्धनको आन्दोलन रोकिएन। भारतसंगको सम्बन्ध पनि त्यस्तो सुमधुर हुन सकेन। भुकम्प पीडितको समस्या पनि जस्ताकोत्यस्तै छ। एमालेसंग मिलेर सरकार बनाएको माओवादीले भने काँध छोडेको छ। अब माओवादीको अविस्वासको प्रस्तावको सामाना गर्ने मनस्थिति ओलीले बनाएका छन्।
यता सरकार ढल्ने वातावरण बन्दै गर्दा नेपालको यो पछिल्लो घटनाक्रमको बारेमा भारतीय मिडियामा समाचार प्रकाशित भएका छन्। नेपालमा राजनीतिक संकट आएको बारेमा अधिकांस भारतीय अनलाइनले हेडलाइन्स् बनाएका छन्।
बीबीसी हिन्दीले ‘नेपाल संरकार संकट में, माओवादी पीछे हटे’ शीर्षकमा समचार बनाएको छ। समाचारमा माओवादीले समर्थन फिर्ता लिएपछि नेपालमा राजनीतिक संकट पैदा भएको उल्लेख छ।

भारतको समाचार एजेन्सी प्रेस ट्रस्ट इन्डिया (PTI) को समाचार प्रकाशित गर्दै टाइम्स अफ इन्डियाले माओवादीले समर्थन फिर्ता लिएपछि नेपाल सरकार संकट भनि लेखेको छ।
त्यस्तै इन्डियन एक्सप्रेसले पनि नेपालले गम्भिर राजनीतिक संकट खेप्दै? भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ।
द वायरले पनि सरकारबार माओवादीको समर्थन फिर्ता भएपछि नेपालले राजनीतिक संकट भोगेको लेखेको छ।
Comments[ 0 ]
Post a Comment