#
|
|

काठमाडौ, २८ असार । नेकपा माओवादी केन्द्रले ओली सरकारबाट हात झिक्नासाथ सरकार ढल्छ भन्ने विषयमा निकै चर्चा सुरु भएको छ । तर ओली सरकार नढल्ने प्राय निश्चित भएको छ ।
८२ सीट रहेको माओवादीले कांग्रेसको लहै लहैमा लागेर सरकार ढालेको आरोप लागेको छ । माओवादीले सरकार छाडे पनि एमाले सहित १३ दलको समर्थन कायमै रहेको छ । ‘नेपालको संविधान २०७२’को धारा २९८ (८) अनुसार प्रधानमन्त्री पदमुक्त हुन
(क) राजीनामा
(ख) अविश्वास प्रस्ताव पारित वा विश्वासको मत पाउन नसके
(ग) संसद सदस्य नरहेमा
(घ) मृत्यु भएमा
प्रधानमन्त्री रहन पाँउदैन । संविधान अनुसार यो सरकार ढल्ने सम्भावना यसकारण पनि छैन की प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने घोषणा गरि सकेका छन् । त्यस्तै ख मा उल्लेख भएअनुसार अविश्वास प्रस्ताव पारित वा विश्वासको मत पाउन नसके अवस्था रहेको छ ।
यसका लागि ओली सरकारलाई सांसदका साथै आज नेपाली जनताको समेत साथ र समर्थन रहेको छ । प्रम ओलीले अविश्वासको प्रस्ताव समाना गर्छु भनी सकेका छन् । यसर्थ पनि ओली सरकार नढल्ने सम्भावना प्रवल रहँदै गएको छ ।
Comments[ 0 ]
Post a Comment